काठमाडौं– एनएमबि क्यापिटल लिमिटेड नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली नेशनल पेमेन्ट इन्टरफेससँग जोडिएको छ। उक्त सिस्टमा जोडिएसँगै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्ने जनाएको छ।
एनएमबि क्यापिटलले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको जनाएको छ। सम्झौतामा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको एनएमबि क्यापिटलले एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरु लाभग्राहीहरुका बैंक खाताबीच सोझै गर्न सक्ने जनाएको छ।