सोमबार, जेठ २५, २०८३

धौलागिरि लघुवित्तले खुलायो आईपीओ

कम्पनीले सर्वसाधारणलाई ३ लाख ९२९५ कित्ता सेयरका लागि आईपीओ निष्कासन गरेको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– धौलागिरि लघुवित्त वित्तीय संस्थाले २४ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

National life

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। सर्वसाधारणबाट बाँकी ३ लाख ९२९५ कित्ता सेयरका लागि आवेदन माग गरेको छ।

आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा छिटोमा २९ साउन र उक्त अवधिमा पर्याप्त आवेदन नपरे ढिलोमा ७ भदौसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ। हाल ७ करोड चुक्ता पुँजी रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ निष्कासनपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित: Aug 09, 2022| 11:24 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्