सोमबार, जेठ २५, २०८३

पश्चिम सेती र सेती-६ आयोजना अघि बढ्ने

सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत आयोजना र सेती नदी-६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत आयोजना र सेती नदी-६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ।

लगानी बोर्डको सोमबार बसेको बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी-६  संयुक्त जलविद्युत परियोजनाको विकासका लागि थप अध्ययन गर्न विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो।

सरकारले सार्वजनिक निजी साझेदारी अवधारणाका आधारमा सो आयोजना अगाडि बढाउन भारतीय कम्पनी एनएचपीसीलाई जिम्मा दिएको हो। अष्ट्रलियाको स्मेक कम्पनी र पछिल्लो पटक चिनियाँ कम्पनीले जिम्मा लिए पनि पश्चिम सेती जलविद्युत आयोजना अगाडि बढ्न सकेको थिएन।

लगानी बोर्डका प्रवक्ता एवं सहसचिव अमृत लम्सालका अनुसार ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको आवश्यक तयारी अगाडि बढाउन लगानी पनि बैठकले बोर्डको कार्यालयलाई निर्देशन दिएको छ। त्यसैगरी बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत परियोजनाको अध्ययनका लागि हिमताल हाइड्रोपावर कम्पनीलाई सर्भेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय गरेको छ।

बैठकमा बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री देउवाले पश्चिम सेती, माथिल्लो कर्णाली, अरुण-३, तल्लो अरुण जस्ता राष्ट्रिय प्राथमिकताका परियोजनालाई तोकिएको समयमा अध्ययन तथा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका थिए। यसमा अर्थ, ऊर्जा, भूमिसुधार तथा वन मन्त्रालय एवं अन्य सरोकारवाला निकायलाई प्रभावकारी रूपमा समन्वय र सहकार्य गरी नतिजा देखिने गरी काम गर्न उनले निर्देशन दिए।

प्रकाशित: Aug 09, 2022| 07:42 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्