शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ५० प्रतिशतभन्दा बढी बोनस पाउँछन् बैंकका कर्मचारी, कुन बैंकको बोनस कति?

५० प्रतिशतभन्दा बढी बोनस पाउँछन् बैंकका कर्मचारी, कुन बैंकको बोनस कति?

नेपालको सबैभन्दा आकर्षक जागिरको क्षेत्र हो, बैकिङ। बैंकहरुले आफ्नो कर्मचारीहरुलाई तलब, भत्ता मात्र दिँदैनन्, उसले कमाइको आधारमा बोनस बाँड्ने गरेको छ। यसैले पनि बैंकका कर्मचारीहरुको तलबभन्दा बोनस धेरै हुने गरेकोले पनि यस क्षेत्रमा काम गर्नका लागि धेरै नै इच्छुक हुने गरेका छन्।
 |  मंगलबार, साउन २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

vianetvianet

काठमाडौं- नेपालको सबैभन्दा आकर्षक जागिरको क्षेत्र हो, बैकिङ। बैंकहरुले आफ्नो कर्मचारीहरुलाई तलब, भत्ता मात्र दिँदैनन्, उसले कमाइको आधारमा बोनस बाँड्ने गरेको छ। यसैले पनि बैंकका कर्मचारीहरुको तलबभन्दा बोनस धेरै हुने गरेकोले पनि यस क्षेत्रमा काम गर्नका लागि धेरै नै इच्छुक हुने गरेका छन्। 

गत आर्थिक वर्षको नाफाबाट पनि बैंकहरुले आफ्ना कर्मचारीहरुको ११ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बोनसवापत मात्र छुट्याएको छ। हाल सञ्‍चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा कर्मचारीका लागि ४५ अर्ब ९१ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए। 

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बोनस दिने बैंकमा प्राइम बैंक रहेको छ। सो बैंकले गत आर्थिक वर्षको नाफाबाट बैंकले आफ्ना कर्मचारीहरुको लाग ५१.८ प्रतिशत बोनस दिने भएको छ। बैंकको गत आर्थिक वर्षको कर्मचारी खर्च जम्मा १ अर्ब १२ करोड ३० लाख रुपैयाँ रहेको तथ्यांक छ। त्यस्तै सो बैंकले कर्मचारीहरुको बोनसका लागि मात्र ५८ करोड १८ लाख रुपैयाँ रकम छुट्याएको छ। 

त्यस्तै कर्मचारीहरुलाई बढी बोनस दिने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ। सो बैंकले आफ्ना कर्मचारीहरुलाई ५०.३० प्रतिशत बोनस दिने भएको छ। सो बैंकको गत आर्थिक वर्षमा १ अर्ब २८ करोड रुपैयाँ कर्मचारी खर्च भएको थियो। 

त्यस्तै नबिल बैंक भने यसपाली तेस्रो नम्बरमा परेको छ। नबिल बैंकले आफ्ना कर्मचारीहरुलाई ४०.८० प्रतिशत बोनस दिने भएको छ। सो बैंकको गत आर्थिक बर्षमा कर्मचारी खर्चका लागि १ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खर्च भएको थियो। 

त्यस्तै बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकहरुको बोनस दिने क्षमता औषतमा २५.७० प्रतिशत रहेको छ। औसतभन्दा कम बोनसदर दिने बैंकहरुमा १५ वटा रहेका छन्। बाँकी बैंकहरुको बोनसदर औसतभन्दा बढी छ। 

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बोनस दिने बैंकमा प्राइम बैंक रहेको छ। सो बैंकले गत आर्थिक वर्षको नाफाबाट बैंकले आफ्ना कर्मचारीहरुको लाग ५१.८ प्रतिशत बोनस दिने भएको छ।

सिटिजन्स, एनसीसी, सिद्धार्थ, नेपाल बैंक, कुमारी, माछापुच्छ्रे, सेन्चुरी, सनराइज्, सिभिल, एनआईसी एसिया, नेपाल एसबीआई बैंक, प्रभु, लक्ष्मी र कृषि विकास बैंकले कर्मचारीलाई दिने बोनसदर औसतभन्दा कम छ। त्यस्तै प्राइम, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल, स्ट्यान्डर्ड चार्टड, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबी, सानिमा, बैंक अफ काठमाडौं, मेगा र एभरेस्ट बैंकले भने औसतभन्दा धेरै बोनस दिने भएका छन्। 

वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुलाई सबैभन्दा कम बोनस छुट्याउने बैंकमा कृषि विकास बैंक रहेको छ। सो बैंकले १६.१ प्रतिशत अर्थात् ४६ करोड १६ लाख २३ हजार रुपैयाँ छुट्याएको छ। गत आर्थिक वर्षमा कृषि विकास बैंकले कर्मचारी खर्च २ अर्ब ८६ करोड ७९ लाख ६७ हजार रुपैयाँ भएको थियो। 

गत आर्थिक वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी कर्मचारी खर्च भएको बैंक एनआईसी एसिया बैंक रहेको छ। सो बैंकले गत आर्थिक वर्षमा मात्र ३ अर्ब ८३ करोड २१ लाख ३४ हजार खर्च गरेको छ। सो बैंकले कर्मचारीहरुको लागि बोनस पनि १८.७५ अर्थात् ७१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ। जुन सबैभन्दा बढी हो। 

त्यस्त वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने बाणिज्य बैंकहरुमा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोवल आइएमई बैंक, एनएमबी बैंक,सिद्धार्थ,नेपाल बैंक र प्रभु बैंक रहेका छन्।

प्रकाशित: Aug 09, 2022| 11:50 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्