काठमाडौं– आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्। बैंकको असार ७ गतेको बैठकको निर्णय अनुसार उनी दोश्रो कार्यकालका लागि उनी पुनः नियुक्त भएका हुन्।
श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्। बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आइएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ।
सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले सीइओ श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिए। कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।