शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकको शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुल्यो

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुल्यो

सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ। उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति प्रति महिना २ हजार गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ।

छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ। छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ। बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ। सोही कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिएको हो।


प्रकाशित: Aug 08, 2022| 18:17 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्