शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सर्जनको हत्यापछि 'टार्गेट'मा थिए सुनील, नक्कली बिहेपछि हुँदै थियो बिमाको तयारी

सर्जनको हत्यापछि 'टार्गेट'मा थिए सुनील, नक्कली बिहेपछि हुँदै थियो बिमाको तयारी

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर-२ जोगीगाउँ घर भएका २५ वर्षीय सुनील कुमार चौधरीलाई डिपेन्डेन्ट भिसामा पठाइदिने प्रलोभन देखाउँदै जिल्ला प्रशासन कार्यालय बर्दियामा झन्डै डेढ महिना अघिमात्रै सञ्जीवले कानुनी विवाह गराइदिएका थिए। पक्राउ परेपछि संजीवको कर्तुतबारे थाहा पाएपछि सुनीलको आङमा घाम लागेको छैन।
 |  मंगलबार, साउन २४, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

मंगलबार, साउन २४, २०७९

नेपालगञ्ज- नक्कली विवाह गराइदिएर युवकको हत्या गरी बिमावापतको २ करोड ५० लाख रुपैयाँ हत्याउन सफल भएका बाँके कोहलपुरका सञ्जीव अर्यालले  त्यस्तै प्रकृतिको अर्को पनि षड्यन्त्र रचेको पाइएको छ। बाँकेका सर्जन विकलाई 'डिपेन्डेन्ट भिसा'मा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर युवतीसँग नक्कली विवाह गराइदिएर मोटो रकमका लागि बिमा सम्झौता गराउने र युवकको हत्या गरी बिमाको रकम लिएका सञ्जीवले सोही प्रकृतिको अर्को पनि घटना गराउन षड्यन्त्र रचेको पाइएको हो। 

triton college

तर अढाई करोड बिमा रकम लिएको केही समयमै घटनाको पर्दाफास भएपछि मुख्य योजनाकार सञ्जीव अर्यालसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सञ्जीवसहित उनको समूहलाई पक्राउ गरेपछि प्रहरीले गरेको अनुसन्धानमा त्यस्तै प्रकृतिको अर्को षड्यन्त्र पनि रचेको रहस्य खुलेको हो। 

बाँके जिल्ला कोहलपुर नगरपालिका-११ बस्ने विपन्न परिवारका २१ वर्षीय सर्जन विकलाई 'डिपेन्डेन्ट भिसा'मा अस्ट्रेलिया पठाउने प्रलोभन देखाई कोहलपुर नगरपालिका-२ कै सपना मल्लसँग कानुनी विवाह गरिदिएका थिए। कानुनी विवाहपछि सर्जनको रिलायन्स लाइफ इन्स्योरेन्स कोहलपुरमा दुई करोड पचास लाख रुपैयाँको बीमा गराएको केही महिनापछि सवारी दुर्घटना गराएर हत्या गरी बिमाबापतको रकम लिएर समूहमा बाँडफाँट गरेका थिए। 

यो घटनाको सम्पूर्ण रहस्य बाहिर आएपछि उनै सञ्जीवले सर्जनलाईजस्तै आत्मीय बनाइसकेका अर्का एक युवकलाई पनि 'डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छु' भनी एक युवतीसँग कानुनी विवाहसमेत गराइसकेको पाइएको बाँके प्रहरीले जानकारी दिएको हो। 'पक्राउ परेका सञ्जीवले अर्को पनि त्यस्तै आपराधिक योजना बनाएको अनुसन्धानले देखाएको छ,' अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, 'अनुसन्धान जारी छ। अनुसन्धानसँगै नयाँ तथ्य खुल्दै गएका छन्।'

प्रकाशित: Aug 09, 2022| 10:02 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।