सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ तलबमान तत्काल कार्यान्वयन नगर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

नयाँ तलबमान तत्काल कार्यान्वयन नगर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको मात्र तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेपछि अधिकृतभन्दा तल्लो तहका कर्मचारी आन्दोलित भएका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको व्यवस्था अनुसार नै कर्मचारीहरूको तलबमान लागू गर्ने प्रतिबद्धता जनाएका छन्। बजेट घोषणा गरिएको भन्दा फरक प्रस्ताव तयार पारी अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउने तयारी गरेपछि आन्दोलनरत कर्मचारीसँग मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

National life

अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको मात्र तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेपछि अधिकृतभन्दा तल्लो तहका कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले अर्थमन्त्रीलाई भेटी असमान तलब वृद्धिको प्रस्ताव फिर्ता लिन माग गरेका थिए। यसपछि मन्त्री शर्माले तत्कालै कार्यान्वयन नगर्ने प्रतिबद्धता जनाएका हुन्। 

मन्त्री शर्मालाई भेट्न निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे मन्त्रालय पुगेका थिए। 

चालू आर्थिक वर्ष बजेटले सबै कर्मचारीको १५ प्रतिशत तलब वृद्धि  गरेको छ। अर्थमन्त्रीले ‘पे कमिसन’ गठन गर्ने प्रतिबद्धता पनि जनाएका थिए। 

प्रकाशित: Aug 08, 2022| 16:25 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्