सोमबार, जेठ २५, २०८३

सानिमा बैंकले दिन सक्छ १२.९८ प्रतिशत लाभांश

सानिमा बैंकले चालू आर्थिक वर्षमा १२.९८ प्रतिशत लाभांश दिने भएको छ। गत आर्थिक वर्षमा बैंकले १७.९८ प्रतिशत लाभांश दिएको थियो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं– सानिमा बैंकले चालू आर्थिक वर्षमा १२.९८ प्रतिशत लाभांश दिने भएको छ। गत आर्थिक वर्षमा बैंकले १७.९८ प्रतिशत लाभांश दिएको थियो। 

National life

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४६ करोड ९९ लाख ८६ हजार रहेको छ। डिभेन्चरको व्याज, कर्जाको प्रोभिजनिङ आदि गर्नुपर्दा बैंकको वितरणयोग्य नाफामा कमी आई लाभांशमा कमी आउने बैंकले जनाएको छ। 

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले यसपालि ४६५ प्रतिशतले मात्र प्रोभिजनिङ गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो प्रोभिजन १४२२ प्रतिशत थियो।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा सानिमा बैंकको नाफा केही घटेको छ। गत आर्थिक वर्षमा बैंकको खुद नाफा २ अर्ब २९ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा २ अर्ब ३१ करोड थियो।

त्यसैगरी गत आर्थिक वर्षमा बैंकको खुद व्याज आम्दानी ४ अर्ब ७६ करोड ७१ लाख रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो। फि र कमिसनबापत बैंकले ८४ करोड ३७ लाख कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ८१ करोड ४१ लाख रुपैयाँ कमाएको थियो। 

Shivam cement

त्यस्तै बैंकको खुद सञ्चालन आय ५ अर्ब ८७ करोड र खराब कर्जा ०.३५ प्रतिशत रहेको छ। जुन अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ५६ करोड र ०.१२ रहेको थियो। 

बैंकको सञ्चालन लागत पनि बढेको छ। गत आर्थिक वर्षमा सञ्चालन लागत ७.६३ प्रतिशत रहेकोमा अघिल्लो आर्थिक वर्षमा यस्तो लागत ४.७५ प्रतिशत मात्र थियो। त्यसैगरी बैंकको गत आर्थिक वर्षमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८६.३६ र स्प्रेडदर ३.८६ प्रतिशत रहेको छ। बैंंकको प्रतिसेयर आम्दानी २०.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.६३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १५१.०१ रुपैयाँ रहेको छ।  

बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकको क्षमतामा सामान्य वृद्धि भएको छ। आफूहरु आक्रामक रुपमा जान नसक्नुमा बढ्दो सञ्चालन खर्च, वित्तिय स्रोतको लागतमा वृद्धि आन्तरिक कारण रहेको दावी गरेको छ भने तिव्र प्रतिस्पर्धा, कर्जाको माग र निक्षेप वृद्धिमा असन्तुलन, सूचना प्रविधिको क्षेत्रमा देखा परेका नयाँ चुनौतिहरु, कोभिडका कारण ऋण तथा व्याज असुलीमा समस्या जस्ता कारण बाह्य कारण रहेको जनाएको छ। 

त्यस्तै बैंकले आगामी दिनमा निक्षेप तथा कर्जाको विविधिकरण, निक्षेप परिचालनमा जोड, आय आर्जनको अन्य विकल्पहको विस्तार, समयसापेक्ष प्रविधिमा आधारित पुँजीकोष वृद्धि, जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा रणनीति तयार गरी अगाडि बढ्ने जनाएको छ। 

प्रकाशित: Aug 08, 2022| 16:23 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्