शुक्रबार, असोज ९, २०८३

जन्मदिनमा छोरीको १० लाखको जीवन बीमा

छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गराएकी छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गराएकी छन्। गोदावरी नगरपालिका–१ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा १० लाख रुपैयाँको गुराँस जीवन सावधिक तथा आजीवन बीमा गराएकी हुन्।

फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको भौनी चौधरीले बताइन्।उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बीमा गर्न आग्रह गरिन्।

गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्रबहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरुमा पनि यसरी बचत हुँदै जाने बताए।

प्रकाशित: Aug 08, 2022| 16:01 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्