काठमाडौं- एनसेल आजियाटा लिमिटेडले सोमबारदेखि प्याक 'सही यो ! पावर सिम' पुनः सञ्चालन गर्ने भएको छ। इन्स्टाग्राम, माइफाइभलगायत विभिन्न डिजिटल सेवाहरूमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यसमा समावेश गरिएको छ।
ग्राहकहरूले करसहित ९७ रुपैयाँमा भोलि सोमबारबाट यो सिम लिन सक्नेछन्। यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्।
यसका साथै युवाहरूको लागि विशेष सही यो प्याक लिने ग्राहकले प्याक सुरु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नियमित रूपमा निःशुल्क चलाउन सक्नेछन्। प्याक सुरु गर्ने ग्राहकले ३० दिनसम्म माइफाइभ सेवा पनि निःशुल्क सञ्चालन गर्न सक्नेछन्। माइफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै पाँचवटा एनसेल नम्बरहरू पेयर गरि ती पाँच माइफाइभ नम्बरहरूमा प्रतिमिनेट ५० पैसामा कुराकानी गर्न सक्नेछन्।
ग्राहकले सिम सुरु गरेको २ देखि ६ महिनाको अवधिभित्र ५० रुपैयाँ वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुनः सुरु हुनेछ। यसै प्याकअन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्युजिकजस्ता विभिन्न डिजिटल सेवाहरूको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन्।
यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ।