सोमबार, जेठ २५, २०८३

हेरिटेज म्याट्रेसले नयाँ उत्पादन ल्याउने

हेरिटेज समूहले आफ्ना नयाँ योजनाहरू सार्वजनिक गरेको छ। समूहले शुक्रबार र शनिबार एक कार्यक्रम सञ्चालन गरी आफ्नो योजना सार्वजनिक गरेको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- हेरिटेज समूहले आफ्ना नयाँ योजनाहरू सार्वजनिक गरेको छ। समूहले शुक्रबार र शनिबार एक कार्यक्रम सञ्चालन गरी आफ्नो योजना सार्वजनिक गरेको हो।

National life

म्याट्रेसले नविनतम उत्पादनको रूपमा अर्थो डक्टर म्याट्रेस र बन्डेड म्याट्रेट नेपाली बजारमा ल्याउने भएको हो। अर्थोपेडिक डाक्टरले आफ्ना बिरामीहरूलाई आवश्यकता अनुरुप रिफर गर्ने अर्थो डक्टर म्याट्रेस र सामान्य ब्याक पेन हुने र अलिक साह्रो ओच्छ्यानमा सुत्न मनपराउनेहरूका लागि नयाँ उत्पादन ल्याउन लागेको कम्पनीले बताएको छ। हेरिटेज समूहले गुणस्तरीय कार्पेट उत्पादन मार्फत वैदेशिक मुद्रा सञ्चितिमा ठूलो भूमिका खेलेको बताइएको छ। 

वार्षिक दश लाख मिटर कार्पेट उत्पादन क्षमता रहेको अत्याधुनिक उद्योगमार्फत भेलर तथा रिब्ड कार्पेट उत्पादन गरिरहेको यस उद्योगले निकट भविष्यमा टपटि ग्राफिक्स कार्पेट उत्पादनको योजना बनाएको समेत बताएको छ।

नेपालभरका ३५ विक्रेता तथा सञ्चारकर्मीहरू सम्मिलित उक्त कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष चुन नारायण श्रेष्ठ प्रमुख अथिति थिए। कार्यक्रमको अध्यक्ष्यता कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदस्य हेमराज ढकालले गरेका थिए। 

कार्यक्रममा बोल्दै ढकालले नेपाली उच्च गुणस्तरीय म्याट्रेस तथा कार्पेट उत्पादन गरी नेपालको आयात प्रतिस्थापनमा हेरिटेजले पुर्‍याएको चर्चा गर्दै प्रतिस्पर्धी मूल्य र गुणस्तरीय उत्पादनका कारण आफ्ना उत्पादनले सफलता हाँसिल गर्न सक्षम भएको बताए। उक्त कार्यक्रममा भेला भएका विक्रेताहरूले बजारमा उत्पादनको उच्च माग रहेको बताउँदै उद्योगको क्षमता अभिवृद्धिका लागि आग्रह गरेको थिए।

Shivam cement

प्रकाशित: Aug 08, 2022| 15:26 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्