शुक्रबार, असोज ९, २०८३

रन शुजले बजारमा ल्यायो नयाँ मोडलका जुत्ता

आउँदै गरेका चाडपर्वलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिज प्रा।लि। ले ‘नेपाली मन जुत्तामा रन’ भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौँ- आउँदै गरेका चाडपर्वलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिज प्रा।लि। ले ‘नेपाली मन जुत्तामा रन’ भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ। रन शुजले महिला र पुरुष दुबै वर्गका लागि जुत्ताहरु बजारमा ल्याएको छ। समय र ग्राहकको चाहनाअनुसार विभिन्न रङमा उपलब्ध जुत्ताले उपभोत्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ।

स्पोर्टस्, फेन्सी तथा युवाहरुको चाहनाअनुसार पार्टी, क्याजुअल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन्। रन शुजको हालसम्म एक हजारभन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन्। साथै कम्पनीले ७७ वटै जिल्लाका मुख्य शहर तथा बजारहरुमा बिक्री वितरण गर्दै आएको छ। निकट भविष्यमा जुत्ता चप्पलहरु विदेशी बजारमा निर्यात गर्नको लागि गृहकार्य भइरहेको कम्पनीको भनाइ छ।


प्रकाशित: Aug 08, 2022| 15:13 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्