काठमाडौं- मेटलाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा जिल्लाका सहरमा जीवन बिमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ। कम्पनीले नेपालगन्ज, टीकापुर, धनगढी, भोजपुर, कास्की र जुम्लामा गरी करिब ६ सयजनालाई बिमालेखबारे जानकारी दिएको हो।
कार्यक्रमले मानिसलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइलाई घटाएर आपत्कालीन रणनीति विकास गर्न मद्दत गर्नेबारे जानकारी भएको कम्पनीको भनाइ छ।
प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लाग्नेजस्ता कुनै पनि अप्रत्याशित परिस्थिति आएको खण्डमा उनीहरूको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बिमा महत्वपूर्ण रहेको सहभागीले बुझेको कम्पनीले जनाएको छ। जीवन बिमा योजना प्राप्त गर्नाले मनिसहरूलाई दुर्भाग्यपूर्ण घटनापछि आफ्नो सामान्य जीवन पुनः सुरु गर्न मद्दत गर्नेबारे कार्यक्रममा प्रशिक्षण दिइएको जनाइएको छ।