काठमाडौं - आईएमई लाईफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा शनिवार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम दिएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले ७ सय ४८ जनालाई तालिम दिइएको जानकारी दिए।
उनका अनुसार कम्पनीले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएको थियो। इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो।
त्यस्तै उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, ईटहरी, धरान, मिर्चैया, बीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा , राप्ती सोनारी, भैरहवा, नेपालगन्ज,, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुर्नबास, महेन्द्रनगर लगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्धारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताए।