काठमाडौं - ई–कमर्स कम्पनी स्मार्टडोकोले चाडपर्वलक्षित ‘स्मार्ट दसैं अफर’ ल्याएको छ। हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक, साथै बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक र माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक पाउने जनाइएको छ।
यो दसैंमा ग्राहकले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्ने जनाइएको छ। यो अफर असोज १४ देखि असोज २१ सम्म मान्य हुने कम्पनीले जनाएको छ।