सोमबार, जेठ २५, २०८३

आइएमई लाइफ इन्स्यारेन्सद्वारा रक्तदान कार्यक्रम

आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत् रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत् रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५ सय ७१ जना रक्तदाता सहभागी भएका थिए। कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो। 

National life

कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरू विर्तामोड, धरान, वीरगन्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरू आयोजना गर्न लागिएको जानकारी दिए। २०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानीलगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरूसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरू प्रदान गर्दै आइरहेको छ। आफ्ना ग्राहक वर्गहरूमा सर्वसुलभ पहुँच, उत्कृष्ट बीमा लेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताए। 

जीवन बीमाबारे जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरूको माध्यमबाट ग्राहकहरूको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालन सुरु गरिएको जनाइएको छ।   


प्रकाशित: Aug 08, 2022| 14:37 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्