सोमबार, जेठ २५, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२८ रुपैयाँ ७९ पैसा र बिक्री दर १२९ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४२ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५७ पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २७ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५० पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।                    -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 08, 2022| 06:19 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्