शनिबार, असोज १०, २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन १ जनवरीमा

चिनियाँ ऋण लगानीमा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आगामी पुस १७ गते (१ जनवरी २०२३) मा हुने भएको छ।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- चिनियाँ ऋण लगानीमा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आगामी पुस १७ गते (१ जनवरी २०२३) मा हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले विमानस्थल उद्घाटनको मिति तय गरेको हो।

ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले ९८ प्रतिशत भौतिक काम सकिसकेको जनाएको छ। अब उडान परीक्षण (क्यालिब्रेसन) लगायतका केही काममात्रै बाँकी रहेको प्राधिकरणले जनाएको छ।

परियोजनामा २०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले काम सुरु गरेको थियो। पोखरा विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २२ अर्ब रुपैयाँ ऋण लिएको हो। कोभिडका कारण पछिल्लोपटक २०२२ को डिसेम्बरसम्म ठेकेदार कम्पनीलाई समयसीमा तोकिएको छ। तर, उसले दुई महिनाअघि नै विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। विमानस्थल हस्तान्तरणपछि प्राधिकरणले क्यालिब्रेसन उडान गर्नेछ।

प्रकाशित: Aug 07, 2022| 21:15 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्