शनिबार, असोज १०, २०८३

मेघौली सेराईमा ‘मनसुन अफर’, जोडीलाई २० हजारसम्म छुट

विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुन्जसँगै राप्ती नदीको किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला संस्कृतीको प्रबर्द्धन गर्ने जंगल सफारी रिसोर्ट हो। प्रकृतिको मनोरम दृश्य अवलोकनका साथै स्थानीय थारु कला, संस्कृती र स्वादमा स्वदेशी र विदेशी पाहुनाहरु रमाउन मेघौली सेराई आउने गर्छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- चितवनको मेघौलीमा रहेको ताज सफारी रिसोर्ट मेघौली सेराईले मनसुन अफर ल्याएको छ। ‘एक्सपेरियन्स मनसुन एट मेघौली सेराई- अ ताज सफारी रिसोर्ट’ अन्तर्गत रिसोर्टमा आउने पाहुनाहरुले विशेष छुट पाउने छन्। विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुन्जसँगै राप्ती नदीको किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला संस्कृतीको प्रबर्द्धन गर्ने जंगल सफारी रिसोर्ट हो। प्रकृतिको मनोरम दृश्य अवलोकनका साथै स्थानीय थारु कला, संस्कृती र स्वादमा स्वदेशी र विदेशी पाहुनाहरु रमाउन मेघौली सेराई आउने गर्छन्। 

मनसुन अफर अन्तर्गत खाना एवं पेय पदार्थ र जंगल सफारीमा १० प्रतिशत छुट दिइएको छ भने स्पामा १५ प्रतिशतको छुट घोषणा गरिएको छ। यस अफर अन्तर्गत ब्रेकफास्ट, लन्च, डिनर, मुख्य इन्फिनिटी पूल, जिम, योगा कोठालगायतका सुविधाहरु प्रि-आगन्तुकले प्राप्त गर्ने छन्।

यो मनसुनमा चितवनको सौन्दर्य अनुभव गर्दै रिसोर्टको राप्ती भिल्लामा आरामदायी समय विताउन पाइने छ। यहाँका रहेक भिल्लामा एउटा निजी प्लन्ज पूल (सानो स्विमिङ पुल) छ। यस भिल्लामा एक रातको प्याकेजमा एक जोडीलाई नियमित मुल्यमा २० हजारसम्म छुट प्रदान गरिएको छ। छुटपछिको मूल्य २९ हजार ९ सय ९९ रहेको छ। प्याकेजमा दुई जनाको लागि ब्रेकफास्ट, लन्च र डिनर पनि यसै प्याकेजमा उपलब्ध हुनेछ। 


त्यस्तै, मेघौली डिलक्स रुमहरुमा एक जोडीले १९ हजार ९ सय ९९ मै प्याकेज प्राप्त गर्न सक्ने छन्। यस प्याकेजमा पनि दुई जनाको लागि ब्रेकफास्ट, लन्च र डिनर उपलब्ध रहनेछ। रिसोर्टले आफैँ उत्पादन गर्ने ‘घडी फूल’को अर्गानिक स्वागत जुससँगै सुरु हुने मेघौली सेराईको बसाइमा मनसुन अफरले पाहुनाहरुलाई थप रोमान्चित बनाउने विश्वास रिसोर्टले लिएको महाप्रबन्धक बिन्नी सेबास्टियनले बताए। उनले यो अफर अगस्ट ३१ सम्म कायम रहने जानकारी दिएका छन्।

मेघौली सेराई नेपालको एकमात्र बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलको एकाइ सीजी हस्पिटालिटी अन्तर्गत संचालित छ। दुई दशक लामो इतिहास बोकेको सीजी हस्पिटालिटीसंग ताज, ताज सफारी, भिभान्ता, जेटविङ, र्‍याडिसन, एको, फेयरमन्टलगायतका विश्वव्यापी ब्रान्डहरू एवं द जिंक, द फर्न, समिट, द फार्मलगायतका स्वदेशी हस्पिटालीटी ब्राण्डहरुको स्वामित्व रहेको छ।


प्रकाशित: Aug 07, 2022| 19:39 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्