शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलले ल्यायो 'पावर सिम' अफर, ६ महिनासम्म इन्स्टा र माइभाइभ निशुल्क!

एनसेलले ल्यायो 'पावर सिम' अफर, ६ महिनासम्म इन्स्टा र माइभाइभ निशुल्क!

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबारबाट यस्तो सिम लिन सक्नेछन्। । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ।  इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँच हुने गरी यो अफर ल्याइएको हो। 

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबारबाट यस्तो सिम लिन सक्नेछन्। यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्। 

प्याक सुरु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन्। यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन्। माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन्। 

यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सुरु गरेको २ देखि ६ महिनाभित्र ५० वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुनेछ। निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने छ। यसै प्याकअन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङ्गामा म्यूजिक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन्। 

प्रकाशित: Aug 07, 2022| 19:19 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्