शुक्रबार, वैशाख २६, २०८२

४ देशका महिला उद्यमीको मेला भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ।
 |  आइतबार, साउन २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

vianetvianet

काठमाडौं- महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ। महासंघले यही भदौ २ गतेदेखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो। 

triton college

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरुलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभई व्यवसाय सञ्जाल बढाउने उद्देश्यले महिला उद्यमी व्यापार मेला गर्न लागेको बताइन्। मेलामा व्यवसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रुपमा लिएको र सातै प्रदेशका महिला उद्यमीहरु सहभागी हुने उनको भनाइ छ। 

त्यस्तै, छैटौं अन्तरर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकी संयोजक शोभा ज्ञवालीले  मेलामा जिल्ला स्तरदेखि अन्तर्राष्ट्रिय महिलाहरुले उत्पादन गरेका सामग्रीहरु स्टलमा राखिने उनले जानकारी दिइन्। मेलाले उद्यमी महिलाहरुको सीप र सिर्जनालाई अगाडि ल्याएर अन्तर्राष्ट्रिय बजारमा पहिचाउन पुर्‍यायाउने उदेश्य महासंघले लिएको छ। ज्ञवालीले मेलामा १०९ स्टलहरु राखिने बताउनु भयो। नेपाली महिला उद्यमीबाहेक भारत, पाकिस्तान, बङ्गलादेशका महिला उद्यमी उत्कृष्ट उत्पादन किन्ने अवलोकन गर्न पाइने उनको भनाइ छ। 

मेलामा हस्तकलाका सामानहरुमा प्राकृतिक रेशाजन्य वस्तु,ढाका तथा घरबुनाका सामान, होत कागजका वस्तुहरु, पुष्प सामग्री, जडिबुटी, गरगहना र सजावटका सामान प्रदर्शनीमा राखिनेछ। 

प्रकाशित: Aug 07, 2022| 18:07 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्