काठमाडौं- नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको मूल्य पनि ९५ हजार ८ सय रुपैयाँमा कायम गरिएको महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ।