मंगलबार, जेठ २६, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२९ रुपैयाँ ४० पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ४३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९४ पैसा र बिक्री दर ८८ रुपैयाँ ३६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ६३ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ८० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।                    -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 07, 2022| 06:51 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्