शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कम्पनी मर्जमा जान थालेपछि कर्मचारी चिन्तित, कटौती नगर्न माग

कम्पनी मर्जमा जान थालेपछि कर्मचारी चिन्तित, कटौती नगर्न माग

बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घले माग गरेको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं- बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घले माग गरेको छ। संङ्घका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले विज्ञप्ति जारी गर्दै यस्तो माग अघि सारेका हुन्। 

मर्जरको बहानामा कर्मचारी कटौती नगर्न संघको माग छ। रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि सङ्घले बीमा समितिसँग माग गरेको छ। सङ्घले समितिका अध्यक्षलाई ध्यानाकर्षण बुझाउँदै मर्जरका नाममा कर्मचारी कटौती नगर्न भनेको छ। 

श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा ठप्प नपार्न उसको आग्रह छ। बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि सङ्घले माग गरेको छ।


प्रकाशित: Aug 05, 2022| 19:50 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्