आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।
 |  शनिबार, साउन २१, २०७९
nespernesper

राज सरगम

राज सरगम

शनिबार, साउन २१, २०७९

६ वैशाख २०७९। बिहान ५ नबज्दै कलाकार सुशीला सिंह आफ्ना दुई सन्तानको निद्रा नखलबलाई उठिन्। मध्यबानेश्वरस्थित निवासबाट स्कुटी डो¥याएर गेट बाहिर निकाल्थिन्। अनि, सुनसान सडकलाई छिचोल्दै पुल्चोकतिर लागिन् । 

triton college

त्यहाँ पुग्नेबित्तिकै स्कुटीबाट स्टेन्ड, ह्यान्डग्लु पेपर, पेन निकालेर नजिकैको दृश्यतिर ध्यानले हेर्थिन्, जहाँ रातो मच्छिन्द्रनाथको रथ निर्माण हुँदै थियो। गुठियारका अनुसार चैत पूर्णिमाका दिन विधिवत् पूजा गरेपछि भोलिपल्टदेखि रथ निर्माण सुरु हुन्छ । यँवालहरूले रथमा पांग्रा जोडेसँगै तलामा राखिएका काठमा डोरी र बेत कस्ने काम थालिन्छ। 

यही दृश्यलाई आफ्नो क्यानाभासमा उतार्न तयार थिइन्, सुशीला। सुशीलाले ६५ फिट अग्लो रथलाई हेरेर हुर्किए पनि चित्र बनाउने सोच भने पाँच वर्षदेखि बनाएकी थिइन्। बच्चा साना भएकाले समय निकाल्न भने सकेकी थिइनन्। 

त्यही अधुरो सपना गत वैशाखमा पूरा गरिन्, उनले। रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरुआतलाई प्रत्यक्ष हेरेर १९ वटा चित्र बनाइसकिन्। तीमध्ये १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। त्यही चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ। 

०००

Metro Mart
vianet

जात्रा भनेको कथा, परम्परा, मिथक, किंवदन्ती, रीतिरिवाजहरूको संयोजन हो। अथवा उत्सव हो। यस्तै परम्परा हो रातो मच्छिन्द्रनाथको जात्रा, जसलाई शताब्दीयौंदेखि मानिँदै, पूजिँदै आएको छ। इतिहासविद्का अनुसार यसलाई संसारकै लामो जात्रा भनिने गरेको छ। पुर्खाको चलन र निरन्तरको अभ्यासले आजको पुस्तामाझ पनि लोकप्रिय छ, यो जात्रा। तर रथ निर्माण लाई प्रत्यक्ष हेरेरै बनाउनुको उद्देश्य के थियो?

सुशीला भन्छिन्, ‘कल्पना गरेर कोरिने चित्र थिएन, मच्छिन्द्रनाथको रथ चित्र, जसलाई मैले स्वयं बुझ्न चाहें, महसुस गर्न चाहें, आफैंले नबुझी चित्र कसरी कोर्नू?’ जब मान्छेलाई कुनै कामप्रति चासो हुन्छ, त्यसलाई पछ्याउन थालिहाल्छ। सुशीलाले पनि रथ निर्माणलाई निरन्तर पछ्याइन्।  

‘६ वैशाखदेखि म दिनदिनै पुल्चोक जान्थें’, उनले भनिन्, ‘जब नजिकबाट रथ निर्माण गरेको देखें, आफैं बदलिएँ।’ रातो मच्छिन्द्रनाथको रथ केवल रथ होइन। यो आस्थाको केन्द्र हो। विश्वास हो, जसलाई देवता मानेर पुजिन्छ। बुँगा दया (अवलोकितेश्वर, वर्षाका देवता) को आगमन र लिच्छवि युगमा विनाशकारी खडेरी अन्त्य उत्सव मनाउन स्थापना गरिएको जात्रा थियो, जहाँ भगवान्को बास थियो। त्यसैले सुशीला भित्रैभित्र रथको प्रेममा परेकी थिइन्। 

हरेक दिन बिहान निस्किने सुशीला अपराह्न मात्रै घर फर्किन्थन्। आँखाले देखेको चित्रलाई मनमा मात्रै नभएर कागजमा पनि बोकेर फर्किन्थिन्। 

सुशीला भन्छिन्, ‘कल्पना गरेर कोरिने चित्र थिएन, मच्छिन्द्रनाथको रथ चित्र, जसलाई मैले स्वयं बुझ्न चाहें, महसुस गर्न चाहें, आफैंले नबुझी चित्र कसरी कोर्नू?’ जब मान्छेलाई कुनै कामप्रति चासो हुन्छ, त्यसलाई पछ्याउन थालिहाल्छ। सुशीलाले पनि रथ निर्माणलाई निरन्तर पछ्याइन्।  

पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन। यसरी लगालग १३ दिनसम्म सशीला पुल्चोक पुगिन्। रथका तला थपिँदै गएझैं उनले कोरेका चित्रहरू पनि थपिँदै गए। जसरी रथको स्वरूप फेरिँदै थियो, उनको चित्रको बान्की पनि फेरिँदै गयो। उनी भन्छिन्, ‘एक दिनमा जति रथ निर्माण हुन्थ्यो, त्यति पेपरमा स्केच गर्थें।’

कला कोर्नलाई कलाकारले प्रायशः एकान्तबास रोज्छन्। एकान्तमा चित्रसँग संवाद गर्छन्। तर सुशीलाले खुला ठाउँमा चित्र कोर्नु थियो। भीडमा चित्र कोर्नु थियो। त्यसैले सुरुआती दिनमा उनलाई साह्रै गाह्रो भएको थियो। आत्मविश्वास जुटाउन तीन–चार दिन लाग्यो, उनलाई। चित्र कस्तो बन्ला भन्ने भन्दा पनि बनाइरहेको चित्रबारे कसैले प्रश्न गर्छ कि भन्ने पीर हुन्थ्यो, उनलाई। उनका अनुसार आत्मविश्वास पनि रथमा प्रयोग हुने बेतको गाँठोजस्तै हुँदो रहेछ, जुन बढ्दै बढ्दै जाने। एकअर्कासँग कनेक्ट हुने। 

‘जति तला थपिँदै जान्थ्यो, त्यति आत्मविश्वासको तला पनि थपिँदै गयो मभित्र’, उनले भनिन्, किनकि रथ बनाउनेबाटै सहयोग पाएपछि मनभित्रको डर पनि कम भयो।’ 

उनले रथको चित्र कोर्दा कहिल्यै टाउको दुख्यो भन्न पाइनन्। कहिल्यै अबेरसम्म सुत्छु भन्न पाइनन्। एक दिन बाबु (छोरा) बिरामी हुँदासमेत उनले रथलाई माया मार्न सकिनन्। ६ वैशाखपछि उनको दैनिकी बिहान ५ बजे जसरी पनि निस्कनुजस्तो भयो। एक दिन ढिलो गरी जान्छु भन्न  मनले मानेन। लगन र मिहिनेतका साथ रथ निर्माणलाई पछ्याउँदै गइन्। बेलुकी घर फर्किएपछि भोलि कुन एंगलमा राखेर चित्र कोर्ने, कुन भागलाई चित्रमा प्राथमिकता दिने आदि सोचमा डुब्थिन्, उनी। 

प्रकाशित: Aug 06, 2022| 13:10 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।