मंगलबार, जेठ २६, २०८३

मंगलम् पाइप्सका डिलरले अवलोकन गरे फ्याक्ट्री

नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले यही साउन १३ गते रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन्।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९
National life
Shivam cement

काठमाडौं– नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले यही साउन १३ गते रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन्। 

यस्तैगरी गत असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए। उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ। 

उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो। उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो।


प्रकाशित: Aug 05, 2022| 14:31 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्