मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गत आवमा नबिल बैंकको खुद नाफा ५ अर्ब, जगेडा कोष साढे २६ अर्ब

गत आवमा नबिल बैंकको खुद नाफा ५ अर्ब, जगेडा कोष साढे २६ अर्ब

नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको अन्तिम समयमा आएर नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेको सो बैंकले बंगलादेश बैंकको नाफा नजोडेर सो रकम खुद नाफा कमाएको हो। 

National life

सो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशत बढी हो। बैंकले अघिल्लो आर्थिक वर्ष ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो। नबिलको खुद नाफामा नेपाल बंगलादेश बैंकको नाफा देखाइएको छैन। गत आर्थिक वर्षमा नेपाल बंगलादेश बैंकको नाफा एक अर्ब २ करोड रूपैयाँ रहेको छ। जुन जोडेमा नबिलको नाफा ६ अर्ब ९७ करोड अर्थात् झन्डै ७ अर्ब रुपैयाँ पुग्ने छ। तर नबिलले सो नाफा खुद नाफामा नजोडी जगेडा कोषमा देखाएको छ। असार २६ सम्म नेपाल बंगलादेशले कमाएको नाफा जगेडा कोषमा राखिएको छ। जसले बैंकको स्वास्थ्य राम्रो देखिनको लागि ठूलो मद्दत गर्छ। 

गत आर्थिक वर्षको अन्तसम्ममा नबिल बैंकको जगेडा कोषमा २६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यदि बैंकलाई सहज भएको सो रकम नाफामा देखाउन सकिन्छ तर बैंकलाई असहज अवस्था हुँदा भने सो रकम बैंकले चलाउँने हुँदा जगेडा कोषमा जति धेरै रकम रह्यो उत्ति बैंक सहज अवस्थामा हुन्छ। 

नाफा देखाएमा लगानीकर्ताहरुमा बाँड्नुपर्ने हुन्छ। तर जगेडा कोषमा रहेको रकम लगानीकर्तालाई बाँड्नु पर्दैन। नबिलको वितरण गर्न मिल्ने रकम ९ अर्ब १२ करोड छ। बैंकको अवितरित नाफा ३ अर्ब ३७ करोड तथा एनबीलाई मर्ज गर्दा आएको व्यावसायिक लाभबाट ५ अर्ब ७४ करोड गरेर ९ अर्ब १२ करोड बाँड्न मिल्ने रकम छ। यसबाट नबिल बैंकले सेयरधनीलाई ४० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्छ।

त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २६‍.८० रुपैयाँ छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा ६.७७ रुपैयाँ घटी हो। मर्जर र अघिल्लो वर्षको बोनसका कारण बैंकको चुक्ता पुँजी बढेर २२ अर्ब ८३ करोड पुगेको छ। 

Shivam cement

त्यस्तै गत आर्थिक अन्त्यसम्म बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ। त्यस्तै असार मसान्तसम्म बैंकको सिडि रेसियो ८९.७९ प्रतिशत छ। यो अवधिमा नविल बैंकको खराव कर्जा भने बढेर १.५४ प्रतिशतमा पुगेको छ। अघिल्लो आर्थिक बर्षमा बैंकको खराव कर्जा ०.८४ प्रतिशत थियो। बैंकको प्रतिसेयर नेटवर्थ यस अवधिमा २३०.३७ रुपैयाँ छ।

प्रकाशित: Aug 05, 2022| 13:43 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्