शनिबार, असोज १०, २०८३

ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन संकेत दिए पनि बैंकहरूले तत्काल नबढाउने निर्णय गरेका हुन्।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

काठमाडौं– नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ। राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै बैंकहरूले निक्षेपको ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो।

राष्ट्र बैंकले निक्षेपको ब्याज दर बढाउन संकेत दिए पनि बैंकहरूले तत्काल नबढाउने निर्णय गरेका हुन्। राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्दती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको अधिकतम ब्याजदरभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो। यसअघि १ प्रतिशत बिनदुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेपछि संघले शुक्रबार बिहान बैठक बोलाएको थियो।

शुक्रबारको छलफलमा सहभागी बैंकका सीईओहरूले राष्ट्र बैंकको निर्देशनअनुसार भदौका लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति भएको एक बैंकर्सले बताए। बैंकहरूले हाल व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ प्रतिशत ब्याज दर दिँदै आएका थिए। तर अब बैंकहरूले संस्थागत निक्षेपमा दिने अधिकतम ब्याजदर ९.०३ प्रतिशत कायम हुनेछ।

प्रकाशित: Aug 05, 2022| 12:17 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्