शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

स्ट्यान्डर्ड चार्टर्डलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ४३ पैसा र एनसीसी बैंकसँग ४९ हजार ८८१ रुपैयाँ ७५ पैसा जरिमाना गरिएको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले दुई वटा बैंकलाई कारवाही गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक राष्ट्र बैंकको कारवाहीमा परेका हुन्। 

चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात तीन प्रतिशत नपुर्‍याएको आरोपमा उनीहरूमाथि राष्ट्र बैंकले जरिमाना गरेको हो। 

स्ट्यान्डर्ड चार्टर्डलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ४३ पैसा र एनसीसी बैंकसँग ४९ हजार ८८१ रुपैयाँ ७५ पैसा जरिमाना गरिएको हो।

गत वर्षसम्म बैंकहरूले कुल निक्षेपको आधारमा तीन प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था थियो। चालू आर्थिक वर्षको मौद्रिक नीतिले चार प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ। 

प्रकाशित: Aug 04, 2022| 21:59 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्