शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महिलाको नाममा जग्गा पास गर्दा तनहुँले दियो २ करोड ८८ लाख छुट

महिलाको नाममा जग्गा पास गर्दा तनहुँले दियो २ करोड ८८ लाख छुट

सहरी क्षेत्रका ३ हजार ११ र ग्रामीण क्षेत्रका १ हजार २४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधानअनुरुप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा २ करोड ८८ लाख २३ हजार ५०८ राजस्व छुट भएको छ। मालपोत कार्यालयमा ४ हजार २५७ महिलाको नाउँमा जग्गा नामसारी/पास गर्दा उक्त राजस्व छुट भएको हो। 

सहरी क्षेत्रका ३ हजार ११ र ग्रामीण क्षेत्रका १ हजार २४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधानअनुरुप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए। 

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण र सहरी क्षेत्रका गरी दुई सय २३ दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास भएको छ। दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास गर्दा रु ११ लाख २१ हजार दुई सय ११ राजस्व छुट गरिएको उनले बताए। 

त्यसैगरी मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७८/७९ मा कूल रु ४३ करोड २७ लाख ६८ हजार सात सय ४४ राजस्व सङ्कलन गरेको छ। कार्यालयले दिएको जानकारीअनुसार राजिनामातर्फ रु २४ करोड ६५ लाख ४१ हजार ९५८, धितोतर्फ ४ करोड ६१ लाख २५ हजार ५३५, पुँजीगत लाभकरतर्फ १४ करोड १ लाख १ हजार २५१ राजस्व सङ्कलन गरेको सो कार्यालयले जनाएको छ। 

मालपोत कार्यालयबाट सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय पालिकामा पठाइने मालपोत कार्यालय तनहुँका प्रमुख पौडेलले जानकारी दिए। 

प्रकाशित: Aug 04, 2022| 21:07 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्