मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुबईको सिकाई र कोभिडको बाध्यात्मक परिस्थितिले जन्माएको 'क्यास अन ह्विल’

दुबईको सिकाई र कोभिडको बाध्यात्मक परिस्थितिले जन्माएको 'क्यास अन ह्विल’

कम्पनीका संस्थापक तथा कार्यकारी निर्देशक मोहन भण्डारीले आफूले दुवैमा हुँदा सिकेको र देखेको कुरालाई नेपालमा ल्याएका बताउँछन्। 'भर्चुअल पार्किङ र प्रविधिमार्फत् गाडीको खरिदबिक्री गर्ने व्यवस्था दुबईमा छ। यो आइडिया त्यहि सिकेको हुँ,'उनल भने, 'लकडाउनको समयमा नेपालमा बढेको अनलाइन पहुँच र प्रयोगलाई मध्यनजर गर्दै गत कात्तिकदेखि मात्रै यो सेवा सुरु गरिएका हो।’
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- अनलाइन गाडी खरिद बिक्रेता कम्पनी 'क्यास अन ह्विल’ ले सुकेधारमा शोरुम सञ्‍चालनमा ल्याएको छ। बिहीबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले शोरुम उद्घाटन गरेको हो। यसमा 'रोयल डिटेलिङ एण्ड पालिसिङ’ कम्पनी सहयागीको रुपमा रहेर गाडीलाई चम्काउन तथा गाडीको रंगलाई विशेष सुरक्षा प्रदान गर्ने काम गर्नेछ। विगत एक वर्षदेखि सञ्‍चालित 'क्यास अन ह्विल'ले सबै गाडी बिक्रि खरिदको सम्पूर्ण काम अनलाईनमार्फत मात्रै पूरा नहुने हुँदा शोरुम सञ्‍चालनमा ल्याएको हो। 

National life

कम्पनीका संस्थापक तथा कार्यकारी निर्देशक मोहन भण्डारीले आफूले दुवैमा हुँदा सिकेको र देखेको कुरालाई नेपालमा ल्याएका बताउँछन्। 'भर्चुअल पार्किङ र प्रविधिमार्फत् गाडीको खरिदबिक्री गर्ने व्यवस्था दुबईमा छ। यो आइडिया त्यहि सिकेको हुँ,'उनल भने, 'लकडाउनको समयमा नेपालमा बढेको अनलाइन पहुँच र प्रयोगलाई मध्यनजर गर्दै गत कात्तिकदेखि मात्रै यो सेवा सुरु गरिएका हो।’

सञ्चालक भण्डारीले 'क्यास अन ह्विल’ र 'रोयल डिटेलिंग एण्ड पोलिसिंग’ ले छोटो समयमै नेपालको व्यवसायिक क्षेत्रमा राम्रो प्रगति गर्न सफल भएको बताए। 

क्यास अन ह्वील सवारीसाधनको खरिदबिक्री गर्ने प्लेटफर्मको रुपमा १ वर्ष अघि कारोबार सञ्‍चालन गरेपनि छोटो समयमै उल्लेखनीय सफलता हासिल गरिसकेको उनको भनाई छ। सोही सफलताबाट उत्साहित भएर सेवालाई थप विश्वसनीय र सहज बनाउनको लागि कम्पनीले आफ्नो व्यवसाय विस्तारलाई थप तीव्रता दिन सुरु गरेको बताए। कम्पनीले 'क्यास अन ह्विल' 'ह्यासल फ्रि, ट्रान्सपरेसी र पिस अफ माइन्ड’ भन्‍ने नारा बोकेर अघि बढेको बताए। 

कम्पनीले अहिले ग्राहकले भोग्‍नुपरेका यही तीन प्रकारका समस्या समाधान गर्ने रणनीति लिएको छ। संस्थापक तथा कार्यकारी निर्देशक मोहन भण्डारी बताउँछन्। 'ग्राहकहरु आफूले गाडी बेच्दा उचित मूल्य नपाउने हो कि भन्‍ने चिन्तामा हुने गरेको हामीले पाएका छौं। हामीकहाँ अनुभवी 'भ्यालुएटर'हरुले गाडीको मूल्यांकन गरेर उचित मूल्य निर्धारण गर्नुहुन्छ, ग्राहकले उचित मूल्य पाउने ग्यारेन्टी हामीले गरेका छौं,’ भण्डारी भन्छन्, 'हाम्रो सर्भिस बापत लिने शुल्क फिक्स्ड छ। हामीले ३० लाखभन्दा बढीको गाडीमा ५० हजार रुपैयाँ र त्योभन्दा कम मूल्यको गाडीमा २५ हजार सर्भिस शुल्क लिने गरेका छौं। त्यसबाहेक अरु कुनै लागत तिर्नु पर्दैन। ग्राहकले पाएको मूल्य, तिरेको कमिसन, सरकारी राजश्व, मर्मतलगायत सबै खर्चहरु पारदर्शी हुन्छन्।’

Shivam cement

गाडीको किनबेचमा ग्राहकले भोग्‍ने अर्को समस्या भुक्तानीलगायत अन्य प्राविधिक समस्या पनि हो। धेरैजसोले आंशिक रुपमा भुक्तानी गरेर अरु उधारो गर्ने, गाडी पास नै नगरी चलाउनेलगायत समस्या हुने गरेको उनको अनुभव छ। भण्डारी भन्छन्, 'हामीकहाँ आउने ग्राहकले नगद पैसा पाउनुहुन्छ। गाडी पास हुनेबित्तिकै बैंक खातामा रकम ट्रान्सफर हुन्छ। किन्‍ने ग्राहकले पनि पास भएर ढुक्कसँग गाडी पाउने अवस्था हुन्छ।’

तेस्रो, 'पिस अफ माइन्ड' अर्थात् मनको शान्ति हो। भण्डारीका अनुसार गाडी बेच्‍ने बेलामा एउटा बिक्रेताले धेरै झन्झट व्यहोर्नुपर्छ। सामाजिक सञ्जालमा विज्ञापन गर्दा अनावश्यक फोन उठाउनुपर्ने झन्झट हुन्छ। यसले कतिपयको व्यवसायिक वा पेशागत जीवनमै असर पार्छ। रातिको समयमा समेत आउने फोनले कतिपयलाई निकै समस्या हुन्छ। उनी भन्छन्, 'हामीमार्फत् कारोबार गर्दा त्यस्तो हुँदैन। हामीले सम्भावित ग्राहकको फोन लिन्छौं, उहाँमध्ये सम्भावित ग्राहक छनौट गर्छौं। उहाँहरुलाई कन्भिन्स गराएपछि मात्रै हामीले गाडी धनीलाई बोलाउँछौं। यसले गर्दा ग्राहकले अनावश्यक तनाव व्यहोर्नु पर्दैन।’

कुनै व्यक्तिले आफ्नो गाडी बेच्‍न चाह्यो भने 'क्यास अन ह्विल'सँग कुनै पनि माध्यमबाट जोडिएर त्यसको जानकारी दिन सक्छ। फेसबुक, म्यासेञ्जर, भाइबर, ह्वाट्सएप लगायत सबै प्रकारका सामाजिक सञ्जाल, फोन वा इमेलबाट पनि यस्तो जानकारी दिन सकिने व्यवस्था मिलाइएको छ। 

यो कम्पनीको सबैभन्दा राम्रो विशेषता भनेको लागत कम हुने बताए। अरु एक्सचेञ्‍ज कम्पनीहरु भौतिक पार्किङमा आधारित हुन्छन्। एउटा एक्सचेञ्जमा २० र २५ वटा भन्दा बढी गाडी अट्दैन। पार्किङ शुल्क पनि महँगो पर्छ। जसले गर्दा गाडी किन्‍नेले राम्रोसँग गाडी छान्‍ने अवसर नपाउने बताए। 

तर, यो भर्चुअल पार्किङ भएकोले यसमा पार्किङ र छनोट असीमित हुने भण्डारी बताउँछन्। 'हामी एकैपटक हजारौं गाडी पार्किङ गर्न सक्छौं। किन्‍न सक्छौं। भौतिक रुपमा राख्नु नपर्ने भएकोले हाम्रो लागत सस्तो पर्छ। त्यसैले थोरै मार्जिनमै हामी काम गर्न सक्छौं।’

त्यसो त, यो कम्पनीले गाडी बेच्‍ने ग्राहकसँग इनस्पेक्सन शुल्क पनि नलिन बताए। 'एउटा गाडीको इनस्पेक्सन गर्न इन्जिनियरले कम्तिमा पनि २ घण्टा समय दिनुपर्छ। यसका लागि शुल्क लाग्छ,’ कन्ट्री हेड भण्डारी भन्छन्, 'हामी इनस्पेक्सन, भ्यालुएसन, फोटोग्राफी केहीको पनि शुल्क लिँदैनौं। ग्राहकलाई यो सबै सेवा निःशुल्क उपलब्ध छ।’

हालसम्म सो कम्पनीमा आएका ग्राहकमध्ये करिब ३० प्रतिशत नयाँ गाडी किन्‍ने सोच आएको, ५० प्रतिशत अरु गाडीको अनुभव लिने उद्देश्यले आएको र बाँकी करिब २० प्रतिशत मात्रै पैसा चाहिएर गाडी बेच्‍न आँटेको अवस्था देखेको भण्डारीले सुनाए।  

१२ महिनाको यो अवधिमा २ सय वटा गाडीको खरिदबिक्री गरिसकेको छ। पछिल्लो महिनामा यो संख्या उच्च रुपमा बढ्दै गएको भण्डारी बताउँछन्। प्रयोग सफल भएसँगै अहिले सो कम्पनीले आफ्नो नेटवर्क र क्षमता विस्तार गर्दै गएको छ। 

नेटवर्क विस्तार अन्तर्गत पोखरा र इटहरीमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ। छिटै बुटवलमा समेत शाखा विस्तार हुन लागेको छ। यी शाखा कार्यालयबाट समेत अनलाइनमा रहेका गाडीको बारेमा सम्पूर्ण रिपोर्ट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। उपत्यका बाहिर यस्तो सेवा विस्तार भएपछि अब गाडी किन्‍ने र बेच्‍ने काम उपत्यकामा मात्रै सीमित भएर बस्‍नुपर्ने अवस्थाको अन्त्य समेत भएको उनको भनाई छ। अहिले कम्पनीले काठमाडौंको सुकेधारामा विशाल शोरुम र सर्भिस सेन्टर समेत बनाइरहेको छ। बिक्रीको क्रममा र बिक्रीपछिको सेवाको लागि समेत विश्वसनीय सर्भिस सेन्टरको माग भएपछि यस्तो पूर्वाधार निर्माण गर्न लागेको भण्डारीको भनाई छ। 

आफ्नो सेवाको व्यापक प्रचारप्रसार गर्ने रणनीति अन्तर्गत अहिले सो कम्पनीले नेटवर्किङ विधिलाई आत्मसात गरेको बताए। जसअनुसार कुनै व्यक्तिले गाडी किन्न वा बेच्ने व्यवस्था मिलाइदियो भने खरिदबिक्री भएपछि त्यस्तो व्यक्तिले २० हजारसम्मको कुपन प्राप्त गर्नेछन्। 

सो कम्पनीले ३० लाखभन्दा बढीको गाडी खरिदबिक्रीमा अर्गानो रेष्टुरेन्ट र भाटभटेनी सुपरमार्केटको १०÷१० हजारको र सोभन्दा कम मूल्यको खरिदबिक्रीमा ५÷५ हजारको भौचर दिने व्यवस्था गरेको जनाएको छ। यो अफरले गर्दा 'क्यास अन ह्विल'को बारेमा थाहा पाउने व्यक्तिले अर्को व्यक्तिलाई रिफर गर्न प्रोत्साहन मिल्ने कम्पनीको विश्वास छ।


प्रकाशित: Aug 04, 2022| 21:05 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्