मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • घरजग्गा व्यवसायलाई पनि पुँजीबजारमा ल्याउछौँ : बोर्ड अध्यक्ष हमाल

घरजग्गा व्यवसायलाई पनि पुँजीबजारमा ल्याउछौँ : बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालु आर्थिक वर्षभित्रै घरजग्गा व्यवसायलाई पुँजीबजारमा ल्याउने बताएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले चालु आर्थिक वर्षभित्रै घरजग्गा व्यवसायलाई पुँजीबजारमा ल्याउने बताएको छ। बिहीबार काठमाडौंमा आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित धितोपत्र बजारको वर्तमान अवस्था तथा आगामी ५ वर्षको सम्भावना विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन्। 

National life

'जनताले चाहेको जस्तो सरकारी संस्थामा डेलिभरीको काम भएको छैन। नेपालको सबैभन्दा ठूलो बिडम्बना हो। यो सन्तुलनलाई मिलाउन सबै सहभागी कम्पनी मिलाउन र अवसर दिन रियल इस्टेट अर्थात् घरजग्गा व्यवसायलाई पुँजी बजारमा ल्याउनु पर्नेछ। हामीले यो वर्षभित्र नै एक्सेन्ज सञ्चालनमा ल्याउँछौं,' उनले भने। 

हमालले चालु आर्थिक वर्षभित्र नै साना मझौला तथा लघु उद्योग तथा कम्पनीहरु (एसएमईज) हरुलाई समेत पुँजी बजारमा ल्याउने बोर्डको नीति रहेको बताए। अध्यक्ष हमालले स्थापित कम्पनीको स्वामित्व जनतामा गयो भने जनताको आर्थिक स्थिति पनि सुधार हुने बताए। 

दुई महिनाभित्र नेप्सेमा प्राविधिक समस्या भए समाधान गरेर जाने बताए। बुक बिल्डिङ प्रभावकारी रूपमा अगाडि लैजानुपर्ने बताए। अध्यक्ष हमालले बुक बिल्डिङ प्रणालीमा विगतमा भएको दुर्घनालाई अर्को दुर्घटना नहुने गरी काम गर्ने जिम्मेवारी बोर्डको रहेको बताए। धितोपत्र बोर्डले दुई वर्षअघि नै कार्यान्वयनमा ल्याएको शेयर बजारको बुक बिल्डिङ प्रविधिलाई समेत सुव्यवस्थासहित निरन्तरता दिने बताए। 

अध्यक्ष हमालले बोर्डले हरेक काम शेयर बजारका लगानीकर्ताको हितमा काम गर्नेसमेत दाबी गरे। धितोपत्र बजारमा समस्या र चुनौती धेरै भएपनि त्यही चुनौतीका बीच अवसर खोज्नुपर्ने उनको भनाइ छ। सेयर बजारलाई लगानीकर्ताले विश्वास गरेकाले बोर्डले लिएको उदेश्य पूरा हुने उनको भनाइ छ। 

Shivam cement

'हाम्रो उदेश्य पूरा हुन्छ। किनकी शेयर बजारलाई लगानीकर्ताले विश्वास गरेका छन्। लगानीकर्ता भएकाले हामी छौं। लगानीकर्ता भएनौं भने हामी छैनौं। बोर्डले लगानीकर्ताको हीतलाई सोचेर मात्रै हेरक नीति बनाएका छौं,' उनले भने, 'बोर्डले सोच्ने के हो भने लगानीकर्ताको हक र हीत संरक्षणको लागि काम भयो कि भएन र सुरक्षा प्रदान भएकी भएनन् भनेर काम गरौं भने सुरक्षित स्थानमा पुग्नसक्छौं भन्ने पूर्ण विश्वास छ।' 

प्रकाशित: Aug 04, 2022| 20:13 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्