शनिबार, असोज १०, २०८३

अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई

सरकारले अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिने निर्णय गरेको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– सरकारले अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिने निर्णय गरेको छ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल राजस्वसचिव रहेका पुष्करलाई अर्थसचिवको पनि जिम्मेवारी दिने निर्णय गरेको हो।

आज नै अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय सरकारले गरेको थियो। जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि फर्किएपछि मरासिनी मन्त्रालयमा हाजिर भएका थिएनन्। मन्त्री शर्माले सचिवले सहयोग नगर्दा आफू विवादमा तानिएको बताउँदै आएका छन्। 

प्रकाशित: Aug 04, 2022| 16:36 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्