शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेवानिका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने सरकारको निर्णय

नेवानिका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने सरकारको निर्णय

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

उनीमाथि कर्मचारीमाथि दुर्व्यवहार गरेको लगायत आरोप लागेको थियो। उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो।

ट्विनअटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्‍याएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको, निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको, पदअनुसारको आचरण नदेखाएको लगायत विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो।

यसबारे छानबिन गर्न समितिसमेत गठन गरिएको थियो।

प्रकाशित: Aug 04, 2022| 14:49 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्