शनिबार, असोज १०, २०८३

विशेष स्वीकृतिबिना भारतबाट गहुँ र चिनी ल्याउन रोक

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्ने उद्योगी, व्यवसायीलाई विशेष स्वीकृतिका लागि विवरणसहित सम्पर्क गर्न भनेको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– सरकारले भारतबाट गहुँ र चिनी  आयात गर्दा विशेष स्वीकृति लिनुपर्ने बताएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार सूचना जारी गर्दै भारतबाट गहुँ र चिनी आयात गर्ने उद्योगी, व्यवसायीले विशेष स्वीकृति लिनुपर्ने बताउँदै उद्योगलाई विवरणसहित मन्त्रालयमा आउन आग्रह गरेको हो। 

मन्त्रालयले २८ साउनभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, आयात निर्यातको इजाजतपत्रसहित मन्त्रालयको मेलमा निवेदन गर्न उद्योगीलाई भनेको छ।भारतले खाद्य संकट हुन सक्ने आशंकमा गत ३० वैशाखबाट आन्तरिक उत्पादन भएको गहुँ र चिनी निर्यातमा रोक लगाएको थियो।

भारतीय प्रतिबन्धको कारण चाउचाउ बिस्कुट, पास्तालगायतको उत्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीले गहुँ आयात खुलाउन माग गर्दै आएका छन्।

प्रकाशित: Aug 04, 2022| 13:49 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्