शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालय एयरलाइन्सद्वारा महामारी अवधिमा गरेका कामको प्रतिवेदन सार्वजनिक

हिमालय एयरलाइन्सद्वारा महामारी अवधिमा गरेका कामको प्रतिवेदन सार्वजनिक

हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वको प्रतिवेदन सार्वजनिक गरेको छ। 

विगतका केही वर्षयता हिमालयले विस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गर्दै आएको जनाएको छ । त्यस्तै आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्याउने खालका कार्यहरू गर्दै आएको एअरलाइन्सले जनाएको छ ।

एयरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले कोरोना संक्रमणको चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल भएको बताइन्। सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण रहेको एयरलाइन्सले बताएको छ ।

हिमालयले अग्रगामीरुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख रुपैयाँ, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने, अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्य एयरलाइन्सले गरेको कुरा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५ लाख रुपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको हिमालयनले उल्लेख गरेको छ ।

प्रकाशित: Aug 04, 2022| 13:23 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्