काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ ९६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ ६८ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ९७ पैसा र बिक्री दर १५४ रुपैयाँ ७० पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ७१ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६१ पैसा र बिक्री दर ३३ रुपैयाँ ७७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर