मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतलाई १४ अर्ब भारु बक्यौता नतिर्दासम्म पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

भारतलाई १४ अर्ब भारु बक्यौता नतिर्दासम्म पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

निगम स्वचालित मूल्य प्रणाली लागू गर्न प्रतिबद्ध रहे पनि ठूलो रकम बक्यौता रहेकाले मूल्य घटाउन नसकिने निगमको तर्क।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– भारतीय आयल कर्पोरेसनले दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले मूल्य नघटाइने गैरजिम्मेवार जवाफ दिएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिले पनि १४ अर्ब भारु भारतीय आयल कर्पोरेसनलाई बुझाउन बाँकी रहेकाले मूल्य घटाउन नसकिने जवाफ दिएका हुन्। 

National life

नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै दिएको ज्ञापनपत्रको जवाफमा उपाध्यायले यस्तो बताएका हुन्। निगम स्वचालित मूल्य प्रणाली लागू गर्न प्रतिबद्ध रहे पनि ठूलो रकम बक्यौता रहेकाले मूल्य घटाउन नसकिने तर्क उपाध्यायको छ। 

विद्यार्थी संगठनले गरेको मागअनुसार निगमको अवस्थाबारे बुधबार नै विज्ञप्ति सार्वजनिक गरिने उनले बताए। एमाले निकट अनेरास्ववियु बागमती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको थियो। 

विरोध प्रदर्शनमा विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नुका साथै मूल्यवृद्धि फिर्ता गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजन गर, स्वचालित मूल्य प्रणाली कायम गर, जनताको चुह्लो निभाउन पाइँदैनलगायत नारा लगाएका थिए।

प्रकाशित: Aug 03, 2022| 16:28 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्