मंगलबार, जेठ २६, २०८३

जापान रोजगारीमा जाँदै साढे ८०० नेपाली

मन्त्रालयले जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० नेपाली नागरिकलाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको विज्ञप्तिमार्फत जनाएको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक छिट्टै जापान रोजगारीमा जान पाउने बताएको छ। मन्त्रालयले जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० नेपाली नागरिकलाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको विज्ञप्तिमार्फत जनाएको हो। 

National life

यसअघि सन् २०१९ मार्चमा प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगार अवसर दिने गरी नेपाल सरकार र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही प्रणालीअन्तर्गत जापानका १४ विभिन्न पेसागत क्षेत्रमा रोजगारका लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो। 

मन्त्रालयले नेपालीलाई रोजगारका लागि जापान पठाउने प्रक्रियाको विषयमा कार्यसमिति बनाएको थियो। मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य छन् ।  

त्यस्तै, जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावा नेतृत्वको प्रतिनिधिमण्डल समिति बनेको छ। समितिले बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापान रोजगारमा पठाउन मन्त्रालयलाई सिफारिस गर्नेछ।

प्रकाशित: Aug 03, 2022| 16:12 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्