शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट ओरालिए यात्रु, सीआईबीले थाल्यो अनुसन्धान

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट ओरालिए यात्रु, सीआईबीले थाल्यो अनुसन्धान

बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि यात्रु ओरालिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बईका लागि उडान भर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सबाट यात्रीहरुलाई ओरालिएको छ। यात्रीलाई ओरालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूमाथि अनुसन्धान समेत थालेको छ। 

बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि यात्रु ओरालिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

कैलाली प्रहरीले जहाजमा आतंकवादी चढेको सूचना पठाएपछि सीआईबीले अनुसन्धान थालेको हो। जहाजमा १४१ जना यात्रु मुम्बई जानका लागि तयारी अवस्थामा सिटमा बसिसकेका थिए। 

प्रकाशित: Aug 03, 2022| 15:22 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्