शनिबार, असोज १०, २०८३

साल्ट ट्रेडिङ कर्पोरेसनलाई रासायनिक मल खरिद कर्जा

साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि रासायनिक मल खरिद गर्न वाणिज्य बैकबाट कर्जा सापटी सुविधा पाउने भएको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि रासायनिक मल खरिद गर्न वाणिज्य बैकबाट कर्जा सापटी सुविधा पाउने भएको छ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयनका लागि सार्वजनिक एकीकृत निर्देशन जारी गर्दै साल्ट ट्रेडिङले पनि रासायनिक मल ल्याउन कर्जा सापटी पाउने व्यवस्था गरेको हो। 

यसअघि वाणिज्य बैंकबाट कर्जा सापटी सुविधा तीन वटा कम्पनी (आयल निगमलाई ग्यास तथा पेट्रोलियम पदार्थ आयात, नेपाल खाद्य संस्थानलाई खाद्यान्न आयात र कृषि सामाग्री कम्पनी कृषि रासायनिक मल खरिद) ले पाएका थिए। 

अब उक्त समूहमा साल्ट ट्रेडिङ कर्पोरेसन पनि थपिएको छ। यसअघि सो कम्पनीले नुन र एसटिसी ग्यास आपूर्ति गरिरहेको थियो। अब रसायनिक मल पनि ल्याउन पाउनेछ। वाणिज्य बैंकबाट कर्जा सापटी लिँदा थोरै ब्याज पर्नेछ।

प्रकाशित: Aug 03, 2022| 14:02 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्