मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले हटायो कोरोना महामारीमा उद्योगी- व्यवसायीलाई दिइएका सुविधा

राष्ट्र बैंकले हटायो कोरोना महामारीमा उद्योगी- व्यवसायीलाई दिइएका सुविधा

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गरी कोभिड–१९ को समय दिइएका सम्पूर्ण सुविधा हटाएको बताएको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल राष्ट्र बैंकले कोरोना महामारीको समय उद्योग, व्यवसाय बचाउन दिइएका सबै सुविधा खारेज गरेको छ। राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गरी कोभिड–१९ को समय दिइएका सम्पूर्ण सुविधा हटाएको बताएको हो। 

राष्ट्र बैंकका अनुसार कोभिड सकिएपछि यस्तो सुविधालाई निरन्तरता दिन आवश्यक नदेखिएपछि हटाइएको हो। केन्द्रीय बैंकले उद्योग, व्यवसायीलाई राहत दिन २०७७ को मौद्रिक नीतिमा कोभिड–१९ बाट प्रभावित विभिन्न पेसामा संलग्न व्यवसायीलाई प्रदान गरिने कर्जा कोभिड प्रभावितको वर्गीकरण गरी तिनले तिर्ने ऋणको समयावधि थप्ने, ब्याज पुँजीकरण नगर्ने, ऋणको पुनर्संरचना, पुनर्तालिकीकरण गर्ने सुविधा दिएको  थियो।

सोही व्यवस्थालाई गत वर्ष पनि राष्ट्र बैंकले निरन्तरता दिएको थियो। तर चालू आर्थिक वर्षमा आइपुग्दा अर्थतन्त्र नै डिलमा पुग्न लागेको, सो ऋणको दुरुपयोग भएको पाइएपछि राष्ट्र बैंकले कोभिडसँग सम्बन्धित सबै सुविधा हटाएको हो।

प्रकाशित: Aug 03, 2022| 13:30 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्