काठमाडौं- सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु बुधबार प्रतितोला ३०० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार १०० थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार २१० तोकिएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।