शनिबार, असोज १०, २०८३

गरिमा विकास बैंकले ल्यायो ‘डिजी बटुवा’

गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाइल बैंकिङ एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाइल बैंकिङ एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ। 

डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाइल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ। यसले विभिन्न उपकरणहरु बीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ अनुभव दिन्छ। 

यो संस्करण फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो। डिजि बटुवाका विषयमा गरिमा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले भने, ‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई उत्कृष्ट अनुभव सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो। पछिल्लो समय डिजिटल बैंकिङ एक अपरिहार्य विशेषता बनेको छ।’  

२०६४ सालमा स्थापनाभएको गरिमा विकास बैंकले देशभर १२० शाखा, १ एक्स्टेन्सन काउन्टर र ५० वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ। 


प्रकाशित: Aug 03, 2022| 12:51 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्