बुधबार, जेठ २७, २०८३

नेपाल पे क्युआर सनराइज स्मार्टमा एकीकृत

सनराइज बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– सनराइज बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ।

National life

बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेस मान सिंह प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका हुन्। सनराइज बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी नेपाल पे क्यूआर र्मचेन्टहरुमा सजिलै झुक्तानी गर्न सक्नेछन् ।

साथै, सनराइज बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायी हरुले नेपाल पे क्यूआर स्ट्याण्डर्ड प्राप्त गर्न पनि सक्ने बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले २० हजार भन्दा बढि मर्चेन्ट नेटवर्क, १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: Aug 03, 2022| 12:45 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्