काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ६५ पैसा र बिक्री दर १२६ रुपैयाँ २५ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ ६० पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ४३ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०६ पैसा र बिक्री दर ८७ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ०७ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५८ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ४४ पैसा र बिक्री दर ३३ रुपैयाँ ६० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर