शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पक्राउ परेका उपसचिव नेपालको गाडीमा भेटियो थप १६ लाख घुस रकम

पक्राउ परेका उपसचिव नेपालको गाडीमा भेटियो थप १६ लाख घुस रकम

पर्यटन व्यवसाय दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा होटलबाट उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो। ६ लाख रुपैयाँसहित अख्तियारको नियन्त्रणमा परेका उनको गाडी खनतलासी गर्दा थप १६ लाख रुपैयाँ भेटिएको थियो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं- पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई २१ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई घुस लिँदालिँदै पक्राउ गरेको हो। 

पर्यटन व्यवसाय दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा होटलबाट उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो। ६ लाख रुपैयाँसहित अख्तियारको नियन्त्रणमा परेका उनको गाडी खनतलासी गर्दा थप १६ लाख रुपैयाँ भेटिएको थियो। 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सुरुमा ६ लाख रुपैयाँ मात्र घुस रकम भेटिएकोमा पछि उनको गाडीबाट १६ लाख पनि भेटिएको जानकारी दिए। 

प्रकाशित: Aug 02, 2022| 21:29 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्