बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, हजार जनाले निःशुल्क पढ्न पाउने

एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, हजार जनाले निःशुल्क पढ्न पाउने

भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९
National life
Shivam cement

काठमाडौं– भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कलरसिपमा अध्ययन गर्न पाउनेछन्। 

यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ। त्यसपछि इसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफूले पढ्न चाहेको विषय रोज्नु पर्नेछ। यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन्।

यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ। कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एनपीमा हेर्न सकिनेछ। इसेवाको कल सेन्टरमा सम्पर्क गरेर  पनि थप जानकारी लिन सकिने इसेवाले जनाएको छ। 

प्रकाशित: Aug 02, 2022| 15:46 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्