बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमश्री सहकारीका अध्यक्ष गौतमले भने : जायजेथा बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु

गौतमश्री सहकारीका अध्यक्ष गौतमले भने : जायजेथा बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु

बचतकर्ताको रकम फिर्ता गर्न नसकेर भागेको नभई व्यक्तिगत र अन्य व्यावसायिक कामले भारत गएको गौतमको दाबी।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९
National life
Shivam cement

काठमाडौं– गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेरै भए पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले बचतकर्ताको रकम फिर्ता गर्न नसकेर भागेको नभई व्यक्तिगत र अन्य व्यावसायिक कामले भारत गएको दाबी गरेका छन्।

नेपाल फर्किएर सहकारीको समस्या समाधानका लागि सक्रिय रूपमा लाग्ने गौतमले विज्ञप्तिमा भनेका छन्। कोभिडका कारण लगानी भएको केही कर्जामा समस्या भएको र सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा कोरोना महामारी नियन्त्रणका लागि करिब २ वर्षसम्म जारी लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमै असुली हुन नसकेको उनले स्वीकारेका छन्। 

आफ्ना सदस्यको बचत कुनै पनि हालतमा डुब्न नदिने दाबी उनको छ। सहकारीमार्फत प्रवाह भएको कर्जा असुल्न केही समय लाग्ने भए आफ्नो सम्पत्ति बिक्री गरेरै भए पनि रकम भुक्तानी गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

प्रकाशित: Aug 02, 2022| 15:31 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्